उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गर्नुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौं-
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाउनुभएकोबारेमा ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । महिला फुटबलले हालका खेलहरुमा राम्रो प्रदर्शन गरेको बताउनु भयो । प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले असन्तुष्टि जनाउनुले नेपाललाई असर पर्ने भन्दै त्यसमा ख्याल गर्न जरुरी रहेको बताउनु भयो ।
स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुदको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले खेलले अनुशासित नागरिक उत्पादन गर्ने बताउनु भयो । खेल क्षेत्रले विदेशमा काम गर्न जानेहरुको लर्कोलाई स्वदेशमै भविष्य खोज्न सकिन्छ भन्नेकुरा स्थापित गर्न जरुरी रहेको छ ।
एएफसी वुमेन्स एशियन कप छनोट २०२५ मा उज्वेकिस्तानसँग पराजित नेपाली टोली स्वदेश फर्किसकेको छ । तर बेल्जियमका युईएफए प्रो लाइसेन्स प्रशिक्षक डे वाइल्डले एन्फा नसुध्रिए आफू नफर्किने चेतावनी दिइसक्नुभएको छ ।
खेलाडीका लागि राम्रो होटल व्यवस्थापनसम्म हुन नसकेको उनको आरोप छ । एन्फालाई योजनामा भन्दा राजनीतिमा बढी रूचि रहेको भन्दै एन्फाको आलोचना गर्नुभएको छ ।