२०८२ असार २७ गते, शुक्रबार २०:२०

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • केन्द्रको जिम्मेवारी: मन्त्री सुरजचन्द्र लामिछानेले केन्द्र सरकारलाई तत्काल विपद् कोषमा रकम पठाएर रसुवा बाढीपछिको पुनःस्थापना र पुनःनिर्माणमा सक्रिय हुन आग्रह गरे।
  • बाढी र गोष्ठी: रसुवाको चिलिमे बाढीले १८ जना बेपत्ता, खोला थुनियो। धुलिखेलको सुरक्षा गोष्ठी–२०८२ प्रभावित, प्रदेशले सीमित स्रोतमा उद्धार गरिरहेको छ।
  • सहभागी: गोष्ठीमा सुरक्षा निकाय, विपद् प्राधिकरण, १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका प्रमुखहरू उपस्थित।

काठमाडौं-

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बतउनुभएको छ ।

मंगलवार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ पछि उहाँले यस्तो बताउनुभएको हो । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन । चिलिमे क्षेत्रमा गएको बाढीमा १८ जना बेपत्ता भएका छन् । जसमा सुरक्षाकर्मी समेत छन् । खोला थुनिएको अवस्था पनि देखिएको समितिको प्रारम्भिक रिपोर्टले जनाएको छ ।

गोष्ठी समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले तत्काल प्रदेश विपद् कोषमा रकम पठाएर पुनःस्थापना र पुनःनिर्माणमा केन्द्र सरकारले जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनु भयो । प्रदेश सरकार आफैँले सिमित स्रोतसाधनमै उद्धार प्रयास गरिरहेको उहाँको भनाइ छ । दीर्घकालीन पुनर्निर्माणका लागि केन्द्रको सक्रियता अपरिहार्य रहेको बताउनु भयो ।

गोष्ठीमा सुरक्षा निकायका केन्द्रिय प्रमुखहरू, विपद् जोखिम न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस