२०८२ असार २८ गते, शनिबार ०९:५३

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • गुरु पूर्णिमा: आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, जुन दिन गुरुजनप्रति सम्मान प्रकट गरिन्छ। ‘गु’ (अन्धकार) र ‘रु’ (प्रकाश) को अर्थ बोकेर गुरुले अज्ञान हटाई ज्ञानको प्रकाश फैलाउँछन्।
  • व्यास जयन्ती: वेद व्यासको जन्म जयन्तीको अवसरमा व्यास जयन्ती मनाइन्छ। उनले वेदलाई चार भाग (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) मा विभाजन गरी १८ पुराण र उपपुराण रचना गरे।
  • संस्कृत र गुरुको महत्व: प्राध्यापक केशवप्रसाद अधिकारी र बटुक अनिष त्रिपाठीका अनुसार गुरु मार्गदर्शक हुन्, र संस्कृत शिक्षाले असल नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्छ।

काठमाडौं-

आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । साथै आज व्यास जयन्ती पनि मनाइँदै छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । नेपाल वेद विद्याश्रमका प्राध्यापक केशवप्रसाद अधिकारीले आज व्यास जयन्ती रहेको र यसलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको बताउनु भयो ।

ज्ञान दुई परम्पराअनुसार चल्दै आउने एउटा विन्दु परम्परा र अर्को वेद परम्परा रहेको बताउनु भयो । बिन्दु परम्परा भनेको छोरा नाती हुँदै जाने र वैदिक परम्परा भनेको एउटा गुरुबाट शिष्य हुँदै अघि बढ्ने परम्परा रहेको बताउनु भयो । ज्ञान नेपालमा कमजोर बनेको बताउँदै पैसाका लागि पढ्ने कुराले समाज बिग्रिरहेको बताउनु भयो ।

शास्त्रहरुमा गुरुलाई मार्ग दर्शकको रुपमा लिइएको र गरुकै कृपाले व्यक्ति सफल हुने भएकाले गुरुलाई पूजा गर्ने गरिएको बताउनु हुन्छ नेपाल वेद विद्याश्रमका बटुक अनिष त्रिपाठी । जीवनको अन्धकार हटाएर प्रकाशमय ज्वाला छर्ने व्यक्ति नै गुरु भएको बताउनु भयो ।

प्रधानाध्यापक अधिकारीले संस्कृत भाषा विश्वको शिर भएको बताउनु भयो । असल नागरिक उत्पादन गर्ने हो भने संस्कृत शिक्षालाई बढी महत्व दिन जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस