२०८२ असार २९ गते, आईतवार १६:१५

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पर्याप्त विश्लेषण र तयारीपछि आर्थिक वर्ष २०८२/८३ को कार्यान्वयनमुखी मौद्रिक नीति ल्याइएको बताए।
  • कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी वर्षहरूमा पनि आर्थिक वर्ष शुरू हुनुअघि नै मौद्रिक नीति ल्याउन कोशिस गरिने र यसले तयारीमा सहजता ल्याउने उल्लेख गरे।
  • मौद्रिक नीतिले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोग र मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई समेटेको पौडेलको भनाइ छ।

काठमाडौँ-

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताउनुभएको छ ।

मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताउनु भयो । उहाँकाअनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनियता राखिएको हो ।

नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोशिस गरिने बताउनु भयो । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उहाँको विश्वास छ ।

उहाले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन,मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरुलाई मौद्रिक नीतिले समेटेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस