२०८२ मंसिर २१ गते, आईतवार १७:३७

नारायणी अस्पतालमा पत्रकारमाथि दुर्व्यवहार, नेपाल पत्रकार महासंघद्वारा निष्पक्ष छानबिनको माग

वीरगन्ज –

वीरगन्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका क्रममा दिशानिर्देश डटकमका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मीले आम नागरिकलाई सूचना प्रवाह गर्ने पवित्र जिम्मेवारी निर्वाह गर्ने क्रममा चिकित्सकहरूको संलग्नतामा समाचार संकलनमा अवरोध पुग्नु र पत्रकारको मोबाइल खोसेर भिडियो मेटिनु अत्यन्त आपत्तिजनक रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाहरूले सम्पूर्ण पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको यथार्थलाई प्रष्ट पारेको छ।”

नेपाल पत्रकार महासंघले सम्बद्ध निकायहरूलाई पत्रकारको सुरक्षाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ। साथै, नारायणी अस्पतालमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर: धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार

पोडकास्ट सुन्नुहोस