काठमाडौँ-

दक्षिणी सिरियाको स्वेइडा प्रान्तमा ड्रुज मिलिशिया र बेदुइन जनजातिहरू बीच बढ्दो झडपमा विगत दुई दिनमा कम्तिमा ८९ जनाको मृत्यु भएको छ । लगभग २ सय जना घाइते भएका छन् ।
हिंसा सुरक्षा हस्तक्षेपमा बाधा पु¥याउने संस्थागत नियन्त्रणको अभावका कारण भएको हो । युद्धरत गुटहरूलाई छुट्याउन र नागरिक निकासी मार्गहरू सुरक्षित गर्न विशेष सैन्य एकाइहरू तैनाथ गरिएको छ ।
रक्षा प्राधिकरणले संयम अपनाउन आग्रह गरेको छ । स्रोतका अनुसार बेदुइनहरूले स्वेइदाबाट ११ ड्रुज नागरिकहरूलाई अपहरण गरेका छन् ।