२०८२ असार ३१ गते, मंगलवार १९:५२

काठमाडौँ-

पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताउनु भयो । उहाँले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरु सहजीकरण गर्दै जानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय हो । त्यो ऐन पनि अलिअलि अररो छ । मान्छे अलिअलि अररो भएन भने अलि अलि काम हुन्छ  नत्र भने त्यो कानून पनि अलिअलि अररो छ, त्यो हुन्छ नै । हुन्छ भनेर चित्त नदुखाउनुस्, हुन्छ नै । तर त्यसलाई कसरी सहज बनाउने भन्नेकुरा मुख्य हो । त्यसलाई सहज नबनाउने हो भने नेपालको विकास अगाडि जाँदैन । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग गाँसिएका अनेकौँ इस्युजहरु छन्, ति कुराहरु सहज बनाउँदै जानुपर्छ । एउटा रुख काट्दा समस्या भयो, १० वटा रुख रोप्ने त तपाईंले नीति बनाउनुभएको छ त । प्रश्न नेपालको विकास गर्ने की नगर्ने भन्ने हो । नेपालको विकास गर्ने हो भने सय वटा रुख काट्नुस्, हजार वटा रोप्नुस् । ९ सय प्रतिशत त त्यो भन्दा बढी नै भयो नि । यो पर्यटनमा पनि समस्या भएको छ । वन सम्बन्धी नीतिलाई अलिकति खुकुलो बनाउँ ।’

विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको बताउनु भयो । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो । अहिले आएको विद्युत ऐन सही नरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस