२०८२ असार ३१ गते, मंगलवार १८:५०

काठमाडौँ-

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयलाई वन विकास विरोधी भनेर लाग्दै आएको आरोपहरुको समाधान केही हदसम्म गरेको बताउनु भयो । उहाँले विकासलाई सहजीकरण गर्दै मन्त्रालय अघि बढिरहेको बताउनु भयो । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयमा सधैँ लाग्दै आएको वन विकास विरोधी, वनले खेप्दै आएका विभिन्नखाले आरोपहरुबाट हामीले धेरै हदसम्म समस्या समाधान गरेका छौँ । पुराना ऐनहरु छन् । त्यसलाई सुधार गर्दै समय सापेक्ष ऐन, नियमहरु ल्याइरहेका छौँ । विकासलाई सहजीकरण गर्दै हामी अघि बढिरहेका छौँ । देशमा दिगो आर्थिक विकास निर्माणमा वन तथा वातावरण मन्त्रालयको भुमिका महत्वपूर्ण रहोस् भन्ने हिसावले अहिलेको बजेटमा, नीति र कार्यक्रममा पनि धेरै सुधार गर्दै आएका छौँ ।’

मन्त्री ठुकरीले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको र यसको दिगो विकासका लागि सरकारले काम गरिरहेको बताउनु भयो । विद्युतको सम्भावनालाई मूर्त रुप दिनसक्नु भनेको आर्थिक समृद्धिको मूल आधार तयार पार्नु रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस