२०८२ चैत्र ३० गते, सोमबार १८:१२

रक्सौलमा ५ लाख ३५ हजार हजार रुपैयाँ लुट गर्ने दुई जनालाई पक्राउ, पैसा र हतियार बरामद

गणेश शंकर /रक्सौल-

रक्सौल अनुमण्डल अन्तर्गत रामगढवामा दिनदहाडै भएको लुटपाटमा संलग्न दुई जना अपराधीलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।

शुक्रबार बेलुकी, रामगढवा एसबीआई बैंक शाखाबाट ५ लाख ३५ हजार रुपैयाँ निकासी गरी घर फर्कँदै गरेका सीएसपी सञ्चालक सुनील कुमारलाई मुशहरी गाउँ नजिकै घात लगाइ आएका अपराधीहरूले हतियारको धाक देखाई पैसा लुटेका थिए। लुटपाटपछि भागिरहेका अपराधीहरूलाई स्थानीयले उखु बालीको खेतमा घेरा हाल्दा अपराधीहरूले दहशत फैलाउन फायरिङ समेत गरेका थिए। करिब एक घण्टा लामो प्रयासपछि प्रहरीले दुई जना अपराधीलाई नियन्त्रणमा लिएको हो।

रक्सौलका डीएसपी मनीष आनन्दले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका दुवैजनासँगै लुटेको सम्पूर्ण रकम र प्रयोग गरिएको हतियार बरामद गरिएको जानकारी दिनुभयो। उहाँले पक्राउ परेका व्यक्तिहरूको आपराधिक इतिहास रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस