२०८२ चैत्र ३० गते, सोमबार १५:४४

झापामा भाग्न खोज्दा प्रहरीको गोली लागेर भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा-

झापामा लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ।

प्रहरीका अनुसार गोली लाग्ने व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी करिब ३६ वर्षीय मोहम्मद इस्लाम हुन्। शनिबार दिउँसो भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो, जसमा एक राउन्ड गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार मोहम्मद इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र घाइते इस्लामको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस