२०८२ आश्विन २० गते, सोमबार १५:४२

आजदेखि काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय बैठक

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक काठमाडौँ, २६ साउनः प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘हिन्दू कुश हिमालयन सांसदहरूको बैठक २०२५ का सम्बन्धमा समितिका सांसदलाई ब्रिफिङ्ग’ मा उपस्थित समिति सदस्यहरु । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं –

‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ ।

साथै बैठकमा हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहनेछ ।

पोडकास्ट सुन्नुहोस