२०८२ चैत्र ३० गते, सोमबार १८:१०

नमरुन्जेल महिला अधिकारका लागि लडिरहन्छु : सुश्री शान्ति कार्की

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाकी पूर्व उपप्रमुख एवम् प्रजातन्त्र सेनानी ९५ वर्षीय सुश्री शान्ति कार्कीले आफू बाँचुन्जेल महिला अधिकार र लोकतन्त्रका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

न्यु मनोकामना जेनरल स्टोर्स वीरगन्जले आयोजना गरेको रमाइलो तीज कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रमुख कार्कीले महिलाहरू अहिले पनि समाजमा पुरुष सरह अधिकार नपाएको जिकिर गर्दै राज्यका सम्पूर्ण अंगमा महिलाको सहभागिता पुरुष सरह नभएसम्म आफू लडिरहने बताउनुभयो।

हिन्दू महिलाहरूको सबैभन्दा ठूलो पर्वका रूपमा चिनिने हरितालिका तीजको शुभकामना दिँदै पूर्व उपप्रमुख कार्कीले विगत ८० वर्षदेखि प्रजातन्त्र र महिला अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको जानकारी दिनुभयो। उहाँले महिलाहरूलाई घरमै सीमित नराखी आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता बढाउन अपिल गर्नुभयो। सङ्घर्ष नगरेसम्म अधिकार नपाइने भन्दै सबै क्षेत्रमा महिलाले आफ्ना अधिकारका लागि अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा वीरगन्जका दुई दर्जन ब्युटी पार्लर सञ्चालिकाहरूलाई आयोजकले दोसल्ला ओढाई कदरपत्रले सम्मानित गरेको थियो।

न्यु मनोकामना जेनरल स्टोर्सका सञ्चालक सज्जन अग्रवालको अध्यक्षतामा सम्पन्न रमाइलो तीज कार्यक्रममा मधेस प्रदेश प्रतिनिधि सभाकी सदस्य विण शर्मा, खानेपानी मन्त्री प्रदीप यादवकी श्रीमती पिंकी यादव, वरिष्ठ सौन्दर्यकर्मी (ब्युटिसियन) मन्दिरा श्रेष्ठ, राधा शर्मा, गुड्डी जोशी लगायतलाई पनि कदरपत्रले सम्मानित गरिएको थियो।

पूर्व उपप्रमुख कार्कीलाई आयोजकले दोसल्ला ओढाउँदै कदरपत्रसहित विशेष सम्मान गरेको थियो।

उक्त कार्यक्रममा बारा–पर्सामा ब्युटी पार्लर सञ्चालन गर्ने तीन सयभन्दा बढी सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको कार्यक्रम व्यवस्थापक पुल्कित अग्रवालले जानकारी दिनुभयो।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस