२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२२

रौतहटमा सुटकेसभित्र फेला परेको महिलाको सनाखत

रौतहट-

रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ।

शनिबार राति करिब १०ः३० बजे डोरीले बाँधिएको अवस्थामा सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिएका थिए। आइतबार बिहान प्रहरी टोलीले सुटकेश खोलेपछि भित्र अन्दाजी ३० वर्षीया महिलाको शव देखिएको थियो।

प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा मृतक महिलाको पहिचान माधवनारायण नगरपालिका–२, खेसरहिया निवासी २६ वर्षीया रुबीकुमारी साहको रूपमा भएको हो। साहको विवाह भारतको मुजफ्फरपुरमा भए पनि हाल उनी माइती घरमै बस्दै आएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार साह हिजो साँझ करिब ६ बजे ‘ब्युटीपार्लर जान्छु’ भन्दै घरबाट निस्केकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

उनको शव गौर नगरपालिका–९ स्थित दिव्यज्योति स्कुल नजिक सडक किनारमा सुटकेसभित्र फेला परेको हो। शवमा साडी छिरिएको देखिएकोले हत्या गरेर सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र घटनास्थल नजिकैको विद्यालयमा रहेको सीसीटीभी फुटेज समेत प्रहरीले जाँच गरिरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।

यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ। यसअघि गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहार गरी हत्या भएको थियो भने सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा फेला परेको थियो।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस