२०८२ कार्तिक १३ गते, बिहीबार ०२:१८

भारतबाट ईभी आयातमा वृद्धि

काठमाडौं –

नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडि भित्रिने भएपनि बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।

अघिल्लो आव २०८१÷८२ को सोहि अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।

गत असार २४ मा नेपाल–चीन सिमास्थीत लेहेन्दे खोलमा आएको विनकाशकारी बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल समेत बगाएपछि रसुवागढी बाट दुई देश बिच हुने व्यापार ठप्प छ । त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस