२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२२

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

काठमाडौ –

खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलवीच वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।

आइतबार मन्त्री यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री पौडेलसँग प्रत्यक्ष भेट गरी वीरगंजमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

उक्त छलफलमा वीरगंजका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानीमन्त्री यादवले जानकारी दिए ।

हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए ।

उनले भने,‘वीरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौं । यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।’

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस