२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२२

समाचारको प्रभाव ,गल्ती सच्याउन स्थानीय तहले पहल सुरु गर्यो (भिडियो सहित )

वीरगन्ज –

वीरगन्जमा जडान गरिएका डिप बोरिङबाट वितरित पानीको पाइपलाई नालाबाट बाहिर निकाल्न स्थानीय तहले पहल गरेको छ। डिप बोरिङका माध्यमले स्थानीयलाई पानी वितरण गर्दा भएको लापरवाहीका कारण वीरगन्जका विभिन्न वडाहरूमा हैजा फैलिएको हुन सक्ने विषयमा गोप्य खबरले समाचार प्रकाशित गरेपछि उक्त समाचारलाई आत्मसात गर्दै वीरगन्ज महानगरपालिकाले नालामा डुबेका पाइपलाई बाहिर निकाल्न टोली परिचालन गरेको हो।

वीरगन्जका विभिन्न वडामा हैजाको प्रकोप देखिएपछि पानी वितरण गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएकै कारण संक्रमण फैलिएको हो कि भन्ने आशंकालाई समाप्त पार्न महानगरपालिकाले १५ जना कर्मचारीको टोली परिचालन गरेको छ।

सबैभन्दा बढी हैजाको संक्रमण देखिएको र सो आसपासका वडामा रहेका नालाभित्रका पाइपलाई बाहिर निकाल्ने, व्यवस्थित गर्ने र पाइपमा लिकेज भए मर्मत गर्ने उद्देश्यले टोली परिचालन गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहका सल्लाहकार नवराज फुयालले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा वीरगञ्जको वडा नं. ११, १२, १३ र १६ लगायतका वडामा टोली परिचालन गरिएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ११ को मुसलमान टोलमा पुगेको टोलीले नालाभित्रको पाइप निकाल्दा लिकेज फेला परेको छ। डिप बोरिङबाट नगरवासीको घरसम्म पानी पुर्‍याउन जडान गरिएको नालाभित्रको पाइपमा लिकेज भेटिएको महानगरपालिकाको वातावरण शाखाका कर्मचारी अहमुदिन हवारीले जानकारी दिनुभयो। गोप्य खबरसँग कुरा गर्दै हवारीले लिकेज भेटिएको पाइप खानेपानी संस्थानको भएको दाबी गरे पनि स्थानीयले उक्त पाइप डिप बोरिङको भएको बताएका छन्।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस