जनकपुरधाम –
मधेस प्रदेशसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै आज पनि बैठक चल्न दिएनन् । विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले अर्थमन्त्रीले ुत्रुटिपूर्णु बजेट ल्याएको र त्यसलाई बहुमतको बलमा पास गराएको आरोप लगाउँदै राजीनामाको माग गरे। उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनको अवरोध जारी रहने चेतावनी दिए ।
विपक्षीको यो कदमपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे। विपक्षी दलहरूले सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन्। यसअघि बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित भएको थियो।
Post Views: 1