२०८२ भाद्र १८ गते, बुधबार १७:५७

अफगानिस्तान भुकम्पः मृत्यु हुनेको सङ्ख्या ८ सय पुग्यो

काठमाडौं-

अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीएस० का अनुसार भूकम्प ६।१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद ९नंगरहार प्रान्त० नजिकै, करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।

अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ । नुर्गल क्षेत्रका एक स्थानीयले चाइना ग्लोबल टेलिभिजन नेटवर्क ९सीजीटीएन० सँग कुरा गर्दै गाउँका घर पूर्णरूपमा ध्वस्त भएको बताए ।

“आइतबार मध्यरातमा आएको भूकम्प निकै शक्तिशाली थियो । हामीले करिब २०० घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पतालमा पु¥यायौं, अझै पनि ३०० देखि ३५० जना भग्नावशेषमुनि फसेका छन् । हाम्रो गाउँका सबै घर ध्वस्त भएका छन्,” वादिर गाजीअबाद गाउँका बासिन्दा जद्रानले बताए ।
स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन् ।

भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन् ।
“हाम्रो सरकारका अधिकारीहरू तुरुन्तै सहयोगका लागि पुगेका छन्, जसका लागि हामी आभारी छौं । तर हामी अन्तर्राष्ट्रिय समुदायलाई अझै सहयोगका लागि आग्रह गर्छौं,” जद्रानले भने ।

वादिर गाजीअबादका अर्का बासिन्दा मोहम्मद इब्राहिमले भने, “मेरो परिवारका २५ जना सदस्य भूकम्पमा मारिए र अझै भग्नावशेषमुनि छन् । म अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गर्छु, अल्लाहले यसका लागि उनीहरूलाई पुण्य दिनुहुनेछ ।”

प्रतिक्रिया

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो ः महासचिव पोखरेल भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइन ः पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो ः महासचिव पोखरेल भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइन ः पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज

पोडकास्ट सुन्नुहोस