२०८२ भाद्र २३ गते, सोमबार १६:१८

जेनजी नेपालद्वारा घर फर्किन आह्वान, प्रदर्शनमा घुसपैठको आशंका

काठमाडौं-
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरूले आफ्नै प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई घर फर्किन आह्वान गरेका छन्।

जेनजी नेपालले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भनिएको छ, “कृपया सुरक्षित रूपमा सकेसम्म चाँडो बाहिर निस्किनुहोस्। धेरै निहित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। हाम्रो आजको दिन सफल भइसकेको छ, कृपया सुरक्षित रूपमा घर जानुहोस्।”

यसबीच, प्रदर्शनका क्रममा थप एक प्रहरी घाइते भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार सशस्त्र प्रहरीका एक जवान र एक प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि केही प्रदर्शनकारीले अझै सडकमा आफ्नो उपस्थिति कायम राखेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस