२०८२ भाद्र २३ गते, सोमबार १७:३६

वीरगन्जमा दशैंअघि नगरपालिकाको खाता सञ्चालन नभएकोमा स्थानीय वडाध्यक्षको आक्रोश

वीरगन्ज-
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० का अध्यक्ष रामकिसोर सिंह परागले दशैं आउन दुई हप्ताअघि पनि नगरपालिकाको खाता सञ्चालन नभएको र विगतका भुक्तानी रोकिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, “मेयर राजेशमान सिंह जापान भ्रमणमा हुनुहुन्छ भने हाकिम अर्विन्दलाल कर्ण र लेखा अधिकृत रामकुमार कुशवाहा भियतनाम लगायतका देश घुमिरहेका छन्। जिम्मेवारी बहन गर्नुपर्ने व्यक्तिहरू विदेश घुमघाम र व्यक्तिगत सुख–सुविधामा व्यस्त हुँदा जनताको काम प्रभावित भइरहेको छ। कति धेरैको पैसा अड्किएको छ र सेवा प्रवाह रोकिएको छ।”

अध्यक्ष परागले प्रश्न उठाउँदै भनेका छन् कि जनताको कर स्रोतबाट चल्ने नगरपालिकामा जिम्मेवारी बोक्ने पदाधिकारीहरूले जवाफ दिनैपर्छ। खाता किन सञ्चालन भएन, भुक्तानी किन अड्काइयो, र दशैं जस्तो ठूलो पर्व अगाडि जनतालाई किन अलमल्याइयो भन्ने स्पष्ट हुनुपर्ने उनले जोड दिएका छन्।

साथै, उनले भनेका छन्, “विदेश भ्रमण व्यक्तिगत अधिकार हो, तर जिम्मेवारी पूरा गरेर न कि जिम्मेवारीबाट पन्छिने बहाना बनाएर। यसप्रति ध्यानाकर्षण होस्।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस