काठमाडौं-
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो ।
बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसविरुद्ध भइरहेको जेन–जी पुस्ताको आन्दोलनबारे गहन छलफल भइरहेको जनाइएको छ ।
स्थिति नियन्त्रणमा ल्याउनका लागि रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाइएको जनाइएको छ ।
जेन–जी पुस्ताको आन्दोलनलाई नै मुख्य एजेन्डा बनाएर मन्त्रिपरिषद्को बैठक पनि सोमबार साँझ ६ बजेलाई बोलाइएको छ ।
Post Views: 20