जनकपुर-
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि सिफारिस गरिएको छ।
जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बिहीबार पार्टी केन्द्रीय कार्यालयलाई मुख्यमन्त्री सिंहमाथि अनुशासनात्मक कारबाही गर्न सिफारिस गरेका हुन्।
यादवका अनुसार, पार्टी तथा संसदीय दलले सिंहलाई पटक–पटक मुख्यमन्त्री पदबाट फिर्ता हुन आग्रह गरे पनि उनले बेवास्ता गरेका कारण यस्तो सिफारिस गर्नुपरेको हो।
“मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएका थियौँ, त्यो समय हिजै सकिएको हो। तर उहाँ फिर्ता हुनुभएन। अब पार्टीबाट नै कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेका छौँ,” यादवले बताए।
उनका अनुसार मुख्यमन्त्री सिंहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गर्नुपर्ने प्रस्ताव गरिएको छ।
Post Views: 15