वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को कार्यालयमा आज बिहान आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएका छन्।
वडा अध्यक्ष रितेस गुप्ताका अनुसार बिहान १० देखि ११ बजेको बीचमा विद्युत् शॉर्ट सर्किटका कारण कार्यालयमा आगलागी भएको हो। आगलागीमा एसी, डेस्क, टेबल, सोफा, कम्प्युटर, टेलिभिजन, सीसीटीभी, दराज तथा विभिन्न कागजात पूर्णरूपमा जलेर नष्ट भएका छन्।
गुप्ताले बताएअनुसार आगलागी सुरु भएको बेला उनी कोठामा नभई छेउकै कोठामा बैठकमा रहेका थिए। “म बैठकमा थिएँ, मेरो कोठामा एसी चलेको थियो। अचानक धुवाँ देखिएपछि मात्र थाहा भयो,” गुप्ताले बताए।
हाल क्षतिको विस्तृत विवरण संकलन भइरहेको र छिट्टै सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ। आगलागीका कारण कार्यालयको नियमित कामकाज प्रभावित भएको छ।
Post Views: 73