काठमाडौं –
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले आफूले अध्यक्ष पद छाडेको घोषणा गरेका हुन्।
भट्टराईको घोषणापछि बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार महाधिवेशनको मिति भने अझै छलफलमै छ।
बाबुराम भट्टराई गत माघमा भएको पार्टीको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।
Post Views: 61