२०८२ आश्विन २४ गते, शुक्रबार १९:१४

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं-

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

छलफल शीतलनिवासमै हुनेछ ।  बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

पोडकास्ट सुन्नुहोस