२०८३ बैशाख ९ गते, बुधबार १७:२२

निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल

काठमाडौं –

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ ।
ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भईसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताउनुभएको हो । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आर्कर्षित गराउनका लागि सुचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताउनु भयो । संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहो¥याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो । त्यस अवसरमा उहाँले काठमाडौं उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गर्नुभयो ।

संयोजक दाहालले काठमाडौंको समस्या बुझेका सायमीलगायतका नेताहरु आफ्नो पार्टीमा आएकाले पनि काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी  हुने अवस्था आएको तर्क समेत गर्नुभयो ।

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

पोडकास्ट सुन्नुहोस