काठमाडौं –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।
मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था ‘नेपाल मानव अधिकार अलायन्स’ का प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
ओलीद्वारा प्रस्तुत ६ बुँदे मार्गचित्र यसप्रकार छन्ः
१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना।
२. प्रतिनिधिसभाबाट तुरून्तै संविधान संशोधन गरी संसद सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट।
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन।
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन। त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव।
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरूबीच अग्रिम सहमति निर्माण।














