काठमाडौं-
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।
Post Views: 27















