२०८२ पुष २७ गते, आईतवार २०:५८

सामाजिक सञ्जालमार्फत ठगी बढ्दोः व्यापारीहरूलाई सतर्क रहन पर्सा प्रहरीले आग्रह

वीरगन्ज-
पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका ठगीका घटना तीव्र रूपमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय, पर्साले व्यापारीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार केही व्यक्तिहरूले प्रतिष्ठित व्यवसायिक प्रतिष्ठानहरूको नक्कली बिल–भौचर तयार गरी सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्स लगायतका सामग्री ठगी गर्ने घटनाहरू दोहोरिँदै आएका छन्।

यसै सन्दर्भमा प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै कुनै पनि व्यापारिक कारोबार गर्दा पूर्ण रूपमा एकिन भएपछि मात्र कारोबार गर्न सबै व्यवसायीहरूलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ “आधिकारिकता विनाका कुनै सामानहरू खरिद नगर्नुहोस्, अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुनेछ।”

प्रहरीले ठगीमा संलग्न समूहहरूको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिँदै, व्यापारी तथा सर्वसाधारणलाई यस्ता सन्देहास्पद व्यवहार वा व्यक्तिबारे तुरुन्त प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ।

पर्सा प्रहरीले यसलाई डिजिटल माध्यम प्रयोग गरी हुने आर्थिक अपराधको नयाँ रूप भएको बताउँदै, व्यवसायिक क्षेत्रमा सजगता, सावधानी र प्रमाणिकता जाँचको आवश्यकता दोहोर्याएको छ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस