२०८२ कार्तिक २५ गते, मंगलवार १७:५३

नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो

काठमाडौं-

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।

सोमबारको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो ।यसदिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ ।

यस दिन साइन रेसुङ्गा डिबेन्चर बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार आज पहिलो कारोबार दिन प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ ।

यसदिन नेपाल एसबिआइ बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो । त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ ।

सर्वोच्च अदालतको आदेश : मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन

काठमाडौं-सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने

सर्वोच्च अदालतको आदेश : मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन

काठमाडौं-सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने

पोडकास्ट सुन्नुहोस