२०८२ कार्तिक २८ गते, शुक्रबार १९:०५

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ –

मधेश प्रदेशमा नेकपा (एमाले)का सरोज कुमार यादवको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

मधेश प्रदेशका ७४ जना सांसदहरूले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आजका लागि पेसी तोकिएको हो। सांसदहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गरिएको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै उक्त निर्णय स्थगन गर्न माग गरेका छन्।

रिट निवेदनमा सांसदहरूले माधेस प्रदेशमा पुनः संवैधानिक प्रक्रियाअनुसार नयाँ आह्वान गर्न अन्तरिम आदेश माग गरेका छन्।

यसअघि, न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न सोमबार आदेश दिइसकेको छ। यो आदेश रकी प्रसाद साहलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२०)(क) बमोजिम जारी गरिएको हो।

रिट निवेदनको विषय संवेदनशील र सार्वजनिक महत्वको संवैधानिक प्रकृतिको भएकाले कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालतले अग्राधिकार दिँदै अन्तिम सुनुवाइ मंसिर ११ गतेका लागि तोकेको आदेशमा उल्लेख छ।

पोडकास्ट सुन्नुहोस