२०८२ मंसिर १० गते, बुधबार २०:२२

बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

रौतहट-

बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।

प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार  बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् ।घाईते सुनिलको थप उपचारको लागि काठमाडौं पठाइएको छ  ।

रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ ।मोटरसाईकललाई ठक्कर दिने कम्पाइन मेसिनका चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

पोडकास्ट सुन्नुहोस