२०८२ मंसिर १० गते, बुधबार १७:१२

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

काठमाडौँ-

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनु भयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत आग्रह गर्नुभयो ।

निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ । उहाँले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएपनि विकासको नेतृत्व गर्न भने असफल भएको बताउनु भयो । उहाँले अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

पोडकास्ट सुन्नुहोस