२०८२ मंसिर १० गते, बुधबार १७:०५

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ-

नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र जनमुखी प्रशासन पुनःस्थापना गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्। उनले राष्ट्र र जनताको सर्वोच्च हितलाई प्राथमिकता दिँदै निष्पक्ष, जिम्मेवार र नतिजामुखी प्रशासनिक रूपान्तरणमा आफू समर्पित रहने बताए।

बुधबार सिंहदरबारमा पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई सम्पूर्ण प्रतिबद्धतासहित निर्वाह गर्ने उल्लेख गरे। निजामती सेवाको साख वृद्धि, सेवा प्रवाह सुधार, विकास निर्माणमा गतिमा वृद्धि र प्रशासनलाई चुस्त र नागरिकमैत्री बनाउनु आफ्नो प्राथमिकता रहेको स्पष्ट गरे।

उनका अनुसार हालको अवस्था सामान्य प्रशासनिक ढाँचाबाट चल्ने चरणभन्दा अलग रहेको र शान्ति–सुरक्षा, स्थिरता, सद्भाव र सेवा प्रवाहलाई अक्षुण्ण राख्दै सबै तहका कर्मचारी अधिक जिम्मेवार र सक्रिय बन्नुपर्ने आवश्यकता छ। उनले निजामती सेवामाथि बढ्दो अविश्वास, ढिलासुस्ती, गुटगत प्रभाव र अस्वच्छ प्रतिस्पर्धा हटाएर निष्पक्षता र स्वच्छ प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।

अर्यालले सरकार जनताको ढोका–ढोका पुग्ने मोडेलमा अघि बढ्नुपर्ने उल्लेख गर्दै निजामती कर्मचारी ‘शासक’ होइन ‘सेवक’का रूपमा व्यवहार गर्नुपर्ने बताए। अनुशासन, चेन अफ कमान्ड र सत्यनिष्ठा प्रशासनको आधार भएकाले कुनै पनि बहानामा विचलन अस्वीकार्य हुने उनको भनाइ थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्रशासनको प्राथमिकता क्षेत्रका रूपमा राख्दै उनले सुरक्षा समन्वय, प्रक्रियागत परिमार्जन, मतदाता व्यवस्थापन र निर्वाचन तयारीलाई प्रभावकारी बनाउन निर्देशन दिए।

सेवा प्रवाह सुधारका लागि टोकन प्रणाली वा रिपोर्ट कार्ड, अनलाइन सेवाको अन्तर–आबद्धता, अभिलेख डिजिटलाइजेसन, एकीकृत कार्यालय प्रणाली विस्तार, प्रोत्साहन–सजाय व्यवस्था तथा शून्य–सहनशीलतामा आधारित भ्रष्टाचार नियन्त्रणलाई लागू गर्ने योजना उनले प्रस्तुत गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र अनुगमन संयन्त्रलाई ‘सक्षम उत्कृष्टता केन्द्र’का रूपमा विकास गर्ने, क्षमता विकास, नैतिकता अभिवृद्धि तथा सरुवा प्रणालीलाई पारदर्शी र पूर्वानुमानयोग्य बनाउनेतर्फ पहल गर्ने उनले बताए।

पूर्वमुख्यसचिव एकनारायण अर्यालप्रति कृतज्ञता व्यक्त गर्दै उनले जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे।

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

पोडकास्ट सुन्नुहोस