२०८२ मंसिर १० गते, बुधबार १७:०२

धनगढीमा महेश बस्नेतविरुद्ध जेन–जेड युवाको विरोध प्रदर्शन तीव्र

काठमाडौँ-

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जेन जेड युवाहरूको विरोध प्रदर्शन क्रमिक रूपमा तीव्र हुँदै जारी छ। यसै क्रममा बुधबार कैलालीको धनगढी बजारमा युवाहरूले प्लेकार्डसहित सडकमा उत्रिएर बस्नेतविरुद्ध विरोध जनाएका छन्।

जेन जेड आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन हुनुमा महेश बस्नेतको भूमिका निर्णायक रहेको भन्दै युवाहरू निरन्तर विरोधमा उत्रिएर आएका छन्। बस्नेतले पछिल्ला दिनमा जेन जेड आन्दोलनमाथि टिप्पणी गर्दै आक्रामक अभिव्यक्ति दिँदै आएपछि विरोध थप चर्किएको प्रदर्शनकारीहरूको भनाइ छ।

यसअघि समेत बस्नेत सहभागी हुने कार्यक्रमहरूमा जेन जेड युवाहरूले निरन्तर विरोध गर्दै आएका छन्। गत ४ मंसिरमा बाराको परवानीपुरमा बस्नेत आउने जानकारी सार्वजनिक भएपछि युवाहरूले प्रदर्शन गरेपछि सिमरा क्षेत्रमा दुई दिनसम्म तनावपूर्ण अवस्था देखिएको थियो।

यस्तै ७ मंसिरमा इटहरी जाँदै गर्दा बस्नेत चढेको गाडीमा विरोधस्वरूप रातो रङ भरिएको बेलुन प्रहार गरिएको थियो। मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै युवाहरूले आक्रोशपूर्ण प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनबारे सुरक्षा निकाय सतर्क रहेको र बस्नेतको हालका कार्यक्रमहरूमा उच्च सुरक्षा व्यवस्था मिलाइँदै आएको बताइएको छ।

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालको प्रतिवद्धता: सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा शून्य सहनशीलता

काठमाडौँ- नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र

पोडकास्ट सुन्नुहोस