२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

सिरहा –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस