२०८२ मंसिर २६ गते, शुक्रबार १८:३६

ठुलो परिमाण रहेको प्रतिबन्धित लागुऔष सहित चारजना युवा पक्राउ

वीरगन्ज-

सिमापारीबाट नेपाल भित्र्याइएको ठुलो परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध सहित पर्सा प्रहरीले चारजना युवाहरुलाई वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेको छ । रक्सोलबाट वीरगन्ज नाकाहुदै नेपाल भित्र्याइएको ७५ हजार थान प्रतिबन्धित लागुऔषध टर्माडल क्याप्शुलसंगै प्रहरीले चार जना युवाहरुलाई पक्राउ गरी आज सार्जवनिक गरेको छ ।

वीरगन्जको प्रतिमा चौकबाट ६० हजार ५ सय ३० टर्माडल क्याप्शल सहित धादिङ जिल्ला निवासी दुई जना१९ वर्षका युवा र वीरगन्जको रमगढवाबाट १५हजार ६ सय ४० थान टर्माडल क्याप्शुल सहित २० र २१ वर्षका दुई जना युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य पर्साका प्रमुख सुदिपराज पाठकले जानकारी दिनुभयो।

उहाँले भारतबाट भित्र्यायएको प्रतिबन्धित लागुऔषध सार्वजनिक वाहनमा लोड गरी काठमाण्डौ तर्फ पठाउने कार्य भइरको गोप्य सुचनाको आधारमा गत मंगलबार प्रतिमा चोकमा रोकि राखिएको बागमति प्रदेश –०८–००१ ज ०११७ नम्बरको इभि वाहनको डिक्कीमा चेक जाँच गर्दा डिक्किमा रहेको रातो र गुलावि रंगको ब्यागबाट ६० हजार थान भन्दा बढी टर्माडल क्याप्शुल बरामद भएपछि आवस्यक अनुसन्धानका लागि धादिङ जिल्लाको बेनिघाट रोराङ गा.पा ६ निवासी वर्ष १९का रामहरि मगर र धादिङ जिल्लाकै सिदलेख गापा ७ निावसी वर्ष १९का राज कुमार मगरातीलाई नियन्त्रणमा लिइएको बताउनु भयो ।

त्यसै वीरगन्जको रामगढवाबाट १५हजार थान भन्दा बढी टर्मडल क्याप्शुल सहित स्थानिय २० वर्षीय युवराज पटेल र अफजल देवानलाई पक्राउ गरिएको डिएसपी कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका चारै जना युवाहरुलाई जिल्ला अदलातमा उपस्ति गराई लागुऔषध सम्बन्धि कसुर मुद्दामा आवस्यक अनुसन्धानका लागि ७ दिन म्याद प्रहरीले बुझेको प्रमुख  पाठकले जानकारी दिनुभएको छ ।

पोडकास्ट सुन्नुहोस