काठमाडौं –
थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ ।
कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो ।
३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन् ।
डिसेम्बर ७ देखि कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व फेरि चर्किएको छ ।
Post Views: 19














