काठमाडौं –
नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा। विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
जस अनुसार, भोलि ९सोमबार० बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि ९मंगलबार० बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।
सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ।
त्यस्तै, सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।
मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
त्यस्तै, पुस १ गते ११ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ ।














