नेकपा (एमाले)ले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहनुभएका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने बताउनु भयो । उहाँकाअनुसार एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन् ।
त्यसैगरी केन्दीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने उहाँले जानकारी दिनुभयो । पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने समेत अर्यालले जानकारी दिनुभयो ।
सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘हाम्रो निर्माण हुने पार्टीको केन्द्रिय कमिटी सदस्यको संख्या ३०१ हुनेछ । त्यो भित्र १९ जना पदाधिकारी रहनुहुनेछ । त्यसमा एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव रहनुहुनेछ ।
केन्द्रिय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गर्छौं । अनि पोलिटब्युरोको एक तिहाईबाट स्थायी कमिटी निर्माण गर्छौं । त्यो अवधारणासहितको विधान संशोधन प्रश्ताव महाधिवेशनको जारी बन्दसत्रबाट पारित भइसकेको पनि जानकारी गराउन चाहन्छु । ३०१ जनाको केन्द्रीय कमिटी कसरी निर्वाचित गर्ने भन्ने कुरा समेत टुंग्याइसकेको स्थिति छ ।
पार्टीले सात प्रदेश र उपत्यका विशेष कमिटी तथा राजधानी विशेष कमिटीको आधारमा नौ जना सचिवको अवधारणा ल्याएको हो ।’
पार्टीले महाधिवेशनम झन्डै ५ प्रतिशत कोटा छ्याएको छ । युवालाई छुट्याएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी हरेक प्रदेशबाट एकएक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ ।














