२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५२

विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव

वीरगन्ज-

हिन्दू सम्राट नेपाल, पर्साले सोमबार जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक तथा धार्मिक गतिविधिबारे गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै एक पत्र बुझाएको छ। हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कार्य समितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलिले उक्त पत्र बुझाएको हो।

एकसमान पोसाकको माग

विद्यालयमा अध्ययनरत छात्रछात्रा देशका कर्णधार भएकाले विद्यालयमा मुस्लिम छात्र र हिन्दू छात्रका लागि एकसमान विद्यालय पोसाक हुनुपर्ने माग पत्रमा उल्लेख गरिएको छ। विद्यालयको पोसाक पहिरनमा एकसमानता कायम गर्दा छात्रछात्राबीच विवादको स्थिति नहुने भन्दै, हिजाब वा बुर्का लगाउने अभिभावकले ‘अविलम्ब बन्द’ गर्नुपर्ने सुझाव दिइएको छ।

उनीहरूले हिजाब वा बुर्का लगाउने मुस्लिम धर्मावलम्बी छात्राहरूका लागि इस्लामिक विद्यालयहरूमा गई अध्ययन गर्न सुझाव दिएका छन्।

क्रिसमस डेबारे ध्यानाकर्षण

साथै, हिन्दू सम्राट नेपालले आउँदो ‘डिसेम्बर २५ (क्रिसमस डे)’ का दिन विद्यालयमा जबरजस्ती हिन्दू विद्यार्थीहरूलाई ‘सानटा नबनाई दिन’ हुने कुरामा समेत ध्यान आकर्षण गराउन चाहेको पत्रमार्फत उल्लेख गरेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस