२०८३ आश्विन २० गते, मंगलवार ११:५५

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट को–को सहभागी भए ? सूचीसहित

वीरगन्ज–

नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनमा पर्सा जिल्लाबाट १५६ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कांग्रेस पर्साका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ३६ जना महिला र १२० जना पुरुष प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी भएका हुन्।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट ९ जना महिला र २७ जना पुरुष गरी ३६ जना प्रतिनिधि सहभागी भएका छन्। त्यस्तै, क्षेत्र नं. २ बाट ९ जना महिला र २९ जना पुरुष गरी ३८ जना, क्षेत्र नं. ३ बाट १० जना महिला र ३० जना पुरुष गरी ४० जना तथा क्षेत्र नं. ४ बाट ८ जना महिला र ३४ जना पुरुष गरी ४२ जना प्रतिनिधि सहभागी भएका कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।

कुर्मीका अनुसार चारवटै निर्वाचन क्षेत्रबाट गरी १५६ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा देशभरबाट कुल ७ हजार ११४ जना प्रतिनिधि सहभागी भएका छन्। आयोजकका अनुसार हिमाली तीन प्रदेशबाट २ हजार ३३१ जना, पहाडी दुई प्रदेशबाट २ हजार २२६ जना तथा तराईका दुई प्रदेश, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्थाबाट २ हजार ३७६ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस