२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन

काठमाडौं –

सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनले भने,‘विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको छ । संम्वाद समितिमा कानून कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ । सदस्यमा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल हुनुहुन्छ ।’

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस