२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

निर्वाचन नभए मुलुक द्वन्द्वमा फस्ने निवर्तमान मुख्यमन्त्री सोनलको चेतावनी

बारा-
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले तोकिएको समयमा निर्वाचन हुन नसके मुलुक पुनः द्वन्द्वको भुमरीमा फस्ने निश्चित रहेको बताउनुभएको छ ।

मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बुधबार बारामा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेता सोनलले देशमा हालै भएको ‘जेन्जी’ आन्दोलन पश्चात् जनताले एक नयाँ र गतिशील नेतृत्व खोजिरहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्न र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अनिवार्य रहेकोमा जोड दिनुभयो ।

निर्वाचनमार्फत आउने नयाँ जनादेशले संसद्को गरिमा बढाउने र आन्दोलनको भावना अनुसार संविधान संशोधन गरी लोकतन्त्रलाई थप बलियो बनाउने उहाँको तर्क थियो ।

वर्तमान राजनीतिक समीकरणप्रति कटाक्ष गर्दै सोनलले सत्तापक्ष र प्रतिपक्ष मिलेर सरकार बनाउँदा मुलुकमा विद्रोहको स्थिति सिर्जना भएको दाबी गर्नुभयो ।

आन्दोलन पश्चात् बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनको मितिमा समेत विभेद गरेको उहाँले आरोप लगाउनुभयो ।

तराई–मधेसको मुख्य चाड होलीको आसपास वा भोलिपल्ट निर्वाचन गर्दा त्यसले जनसहभागिता र मतदानमा गम्भीर असर पर्ने भन्दै उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनुभयो ।

मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने र मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतको विशेष उपस्थिति रहेको थियो ।

वक्ताहरूले सञ्चार क्षेत्रले भोग्नुपरेका समसामयिक समस्या र चुनौतिबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस