२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

कारागारबाट फरार बारा जिल्लाका दुई कैदी वीरगन्जबाट पक्राउ

वीरगन्ज, ९ पुस –
युवा पुस्ता (जेन–जेड) ले गरेको आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका बारा जिल्लाका दुई जना कैदीलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भदौ २४ गते केन्द्रीय कारागार काठमाडौँबाट जेलफोड गरी फरार भएका बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ निवासी प्रदेशी मनी उर्फ सुदामा पासवान र परवानीपुर गाउँपालिका–२ निवासी विवेकलाल साहलाई पक्राउ गरिएको हो ।

हत्याको मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय पाएका पासवान तथा बैंकिङ कसुरमा दोषी ठहर भई ५० हजार रुपैयाँ विगो तिर्न नसकी कारागार चलान भएका साह फरार भई वीरगन्जमै लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले मंगलबार फरक–फरक स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पासवानलाई वीरगन्ज महानगरपालिका–१५ विश्वाबाट मंगलबार राति करिब १० बजे पक्राउ गरिएको हो भने साहलाई वीरगन्ज महानगरपालिका–४ विर्ताबाट मंगलबार अपराह्न करिब ३ बजे नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका दुवै जनालाई बुधबार (आज) आवश्यक कारबाहीका लागि वीरगन्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस