२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

बांगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोली विरोध र्याली निकालिने

जनकपुर –

बांगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ।

जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ ।

समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् ।

उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।

उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै बीच चौराहामा लगेर फाँसी लगाई जलाउनु पर्ने माग राखेका छन् ।

उनले दोषीलाई कारबाही गर्न नेपालबाट कुटनीतिक दबाब सृजना गर्न भोली विरोध र्याली गर्न लागेको जानकारी दिए ।

अध्यक्ष दासले दिपु दासको आत्माको चिर शान्तिका लागि भोली जानकी मन्दिरको प्राङ्गनमा श्रद्धाञ्जली अर्पण पनि गर्ने बताए

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस