२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

बङ्गलादेशमा हिन्दू युवकको हत्याको विरोधमा वीरगन्जमा प्रदर्शन: कूटनीतिक दबाब दिन सरकारसँग माग

वीरगन्ज-

बङ्गलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा र ३० वर्षीय युवक दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा वीरगन्जका छात्रा विद्यार्थीहरू आन्दोलित भएका छन् । बुधबार वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका छात्रा विद्यार्थीहरूले विरोध र्‍याली निकाल्दै घटनाको घोर भर्त्सना गरेका हुन् ।

दिउँसो १२ बजे क्याम्पस प्राङ्गणबाट निस्किएको छात्राहरूको समूहले नगर परिक्रमा गर्दै प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘मानव अधिकार आयोग मुर्दावाद’, ‘बङ्गलादेशी जिहादी मुस्लिम मुर्दावाद’, र ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रदर्शन पश्चात् छात्राहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी ज्ञापन–पत्र बुझाएको छ ।

ज्ञापन–पत्रमा उल्लेख भए अनुसार, बङ्गलादेशका दिपु चन्द्र दासले “सबै धर्म समान हुन् र ईश्वर एक हुन्” भन्ने मानवतावादी विचार व्यक्त गरेकै कारण उनलाई जिउँदै रुखमा झुण्ड्याएर जलाइएको थियो । यस अमानवीय घटनालाई  आन्दोलित छात्राहरूले धार्मिक स्वतन्त्रतामाथिको खुला आक्रमण र कट्टरपन्थी मजहबी अतिवादको पराकाष्ठाका रूपमा व्याख्या गरेका छन् । यो अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि र सभ्य समाजको मूल्य–मान्यता विरुद्ध रहेको उनीहरूको ठहर छ ।

ज्ञापन–पत्रमा बङ्गलादेशको घटनाका साथै नेपालमा बढ्दो सुरक्षा चुनौतीप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । भारतमा सुरु भएको विशेष सघन परिमार्जन (SIR) प्रक्रियापछि रोहिङ्गया र बङ्गलादेशी नागरिकहरू अल्पसंख्यकको नाममा नेपालमा शंकास्पद र अवैध रूपमा घुसपैठ गरिरहेको दाबी गरिएको छ ।

विशेषगरी सुनसरी लगायतका जिल्लाहरूमा मस्जिद र मदरसा निर्माणको आवरणमा शंकास्पद गतिविधि भइरहेको र यसले नेपालको राष्ट्रिय सुरक्षा, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर प्रश्न उठाएको छात्राहरूले जनाएका छन् । खुला सीमाको दुरुपयोग गर्दै कट्टरपन्थी समूहहरू नेपाल प्रवेश गर्दा भविष्यमा ठूलो संकट निम्तिन सक्ने चेतावनी समेत दिइएको छ ।ज्ञापन–पत्र बुझाृने क्रममा विश्व हिंदू परिषद नेपाल बीरन्ज महानगर सदस्य वंदना शर्मा बिषेश उपस्तिथि रहेको थियो

सरकारसमक्ष कडा मागहरू

१. दिपु चन्द्र दासको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कडा सजाय सुनिश्चित गर्न बङ्गलादेश सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस् ।

२. परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश सरकारसँग औपचारिक कूटनीतिक विरोध (Diplomatic Protest) जनाइयोस् ।

३. SAARC र संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषय उठाई बङ्गलादेशमाथि दबाब सिर्जना गरियोस् ।

४. नेपालमा भइरहेको अवैध घुसपैठ र कट्टरपन्थी गतिविधिमाथि कडा निगरानी राख्दै सीमा सुरक्षा सुदृढ बनाइयोस् ।

उक्त ज्ञापन–पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र सातै प्रदेशका मुख्यमन्त्री कार्यालयहरूलाई समेत पठाइएको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस