२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

फाईल तस्विर

काठमाडौँ-

बुधबार पार्टीको कार्यसम्पादन समितिको वैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ ।

आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।

उनले भने, ‘कांग्रेसले गएको एक डेड महिनाभित्रमा खालि आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’

त्यस्तै उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस्, मंसिरभित्र अधिवेशन गर्नुस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस