२०८२ पुष १४ गते, सोमबार १७:५३

वीरगन्ज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट यसअघि गएको असोजमा भएको विशेष अधिबेसनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुन थप गर्ने प्रस्ताब पारित भएको छ ।

गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका कारण महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो ।

पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी गराउनु भएको थियो । अहिलेसम्म बिनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उहाँले जानकारी दिनुभयो ।
खर्चको प्रतिशत हेर्दा अहिलेसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ ।चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत रहेको प्रमुख सिंहले जाकारी दिनुभयो ।

महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य समेत राखेको छ ।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

मेयर राजेशमान सिंहको ‘किर्ते’ नागरिकता प्रकरण: लियाकत अलिको रिटमा उच्च अदालतको कडा आदेश, प्रहरीको ढिलासुस्ती अन्त्य हुने संकेत

वीरगन्ज- वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले शक्तिको आडमा

मेयर राजेशमान सिंहको ‘किर्ते’ नागरिकता प्रकरण: लियाकत अलिको रिटमा उच्च अदालतको कडा आदेश, प्रहरीको ढिलासुस्ती अन्त्य हुने संकेत

वीरगन्ज- वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले शक्तिको आडमा

पोडकास्ट सुन्नुहोस