रौतहट –
खाना पकाउने एलपीजि ग्याँस बोकेको ट्याँकर पल्टिदा पूर्वपश्चिम राजमार्गमा सरावरुीकोआवागमन अवरुद्ध भएको छ ।
राजमार्गको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक मंगलबार (आज) बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना भएपछि सवारी अवागाम अवरुद्ध भएको हो ।
वीरगन्ज नाका नेपाल प्रवेश गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर पूर्वपश्चिम राजमार्गमा बिहान दुर्घटना भएको हो । दुर्घटनामा परि ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।
हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सवारीसाधन धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए । ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ । उक्त ग्यास ट्यांकर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली घटना स्थालमा आउँदै गरेको उनले जानकारी दिए ।
सडकमा लडेको ग्याँस ट्यााकटबाट निस्किएको ग्याँसमा आगलागी भएमा ठुलो जनधनको क्षेत्री हुने सम्भावना रहेकाले आवस्यक सावधानीका उपाएहरुलाई अपनाउदै घटना स्थालमा व्यक्तिको आवगमलाई समेत रोकिएको प्रहरीले जानएको छ ।














